आचार्यलाई राष्ट्रिय सम्पदा मानवअधिकार पुरस्कार

सहयात्रा टिभी

पोखरा । यस वर्षको राष्ट्रिय सम्पदा मानवअधिकार पुरस्कार अधिकारकर्मी खगराज आचार्यलाई दिइने भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिद्वारा सञ्चालित तथा नागरिक समाजका संयोजक रामबहादुर पौडेलबाट स्थापित सो पुरस्कारको राशी १० हजार रुपैंयाँ र ताम्रपत्र रहेको छ ।

अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसमा आचार्यलाई सो पुरस्कार दिने निर्णय गरिएको संस्थाकी अध्यक्ष शशी तुलाचनले जानकारी दिइन् । पुरस्कार विश्व मानवअधिकार दिवसको दिन मंसिर २४ गते एक कार्यक्रमबीच वितरण गरिने संस्थाका महासचिव विष्णुहरि अधिकारीले बताए ।

नागरिक समाजका संयोजक पौडेलले एक लाख एक हजार १११ अक्षय कोष राखी सो पुरस्कार स्थापना गरिदिएको र सो पुरस्कार मानवअधिकारको क्षेत्रमा कार्यरत व्यक्तिलाई प्रत्येक २-२ वर्षमा दिइँदै आएको छ । यसअघि उक्त पुरस्कारबाट नवलपरासी जिल्लामा कार्यरत अधिकारकर्मी कैलाश ठाकुरलाई दिइएको थियो ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्