केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौका १० वटै निर्वाचन क्षेत्रको तयारी पूरा

सहयात्रा टिभी

काठमाण्डौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाण्डौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।

काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर–१ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाण्डौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाण्डौंको १० वटै निर्वाचन क्षेत्रको संयोजन समेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने–‘दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’

पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पु¥याउने काम भइरहको छ । सुरक्षित रूपमा मतपत्र लैजान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रूपमा लैजान नसक्ने स्थानमा आयोगले आजसम्म पु¥याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक÷एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् ।

त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी छन् । काठमाण्डौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाण्डौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेद्वार १७१, प्रदेश सभा (क) मा १०७ र प्रदेशसभा (ख) मा ११५ छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् ।

मतगणनास्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाण्डौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाण्डौंका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने–‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हेर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।’

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्