पाँचथरमा पहिलो पटक शववाहन

सहयात्रा टिभी

पाँचथर । पाँचथरमा पहिलो पटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो ।
३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा १५ लाख ७६ हजार रुपैंयाँमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिए ।

उनका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगूले सांसद विकास कोषबाट दिएको १० लाख, फिदिम नगरपालिकाको तीन लाख तथा नपुग रकम जिल्ला शाखाको आन्तरिक स्रोत र ऋण सापटी गरी शववाहन ल्याइएको हो ।

उक्त शववाहन अप्राकृतिक मृत्यु भएको जस्तै आत्महत्या, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिलाई ओसार–पसार गर्न मात्रै प्रयोग गरिने रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले बताए ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्