केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘धूलोमुक्त काठमाण्डौं’ प्राथमिकतामा

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धूलोमुक्त काठमाण्डौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाण्डौंका सडकलाई सफा बनाउने अभियानका साथ धूलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्नेछ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धूलोमुक्त काठमाण्डौं अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी गराए ।

‘काठमाण्डौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धूलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्य रुपमा नै रहेको छ’–शाक्यले भने । तत्कालीन काठमाण्डौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार) सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्