केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सार्कको ५४ औं वैठक नेपालमा

सहयात्रा टिभी

काठमाण्डौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ५४ औं बैठक यही मंसिर २५ देखि २७ गतेसम्म यहाँस्थित सार्क सचिवालयमा हुने भएको छ ।

बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवम् क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताए ।

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
–––

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्