प्रलोभनमा नपर्न मतदातालाई आग्रह

सहयात्रा टिभी

काठमाण्डौं । नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मूल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन र समग्रमा लोकतन्त्रको संस्थागत विकासका लागि बिना डर, धाक धम्की, दबाब, प्रलोभन, खानपान कुनै पनि प्रकारको प्रलोभनमा नपरी स्वतन्त्र विवेकको प्रयोग गरी मतदान गर्ने वातावरणको व्यवस्था गर्न आग्रह गरिएको छ ।

मञ्चले भयरहित वातावरणमा स्वतन्त्ररुपमा मतदान गर्न पाउने मतदाताको अधिकारलाई सुनिश्चित गर्न र निर्वाधरुपमा मतदान केन्द्रसम्म आवत–जावत गर्न आवश्यक शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकार र सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्