केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ढुक्क भएर निर्वाचनमा सहभागी हुनुहोस्-रक्षामन्त्री

सहयात्रा टिभी

काठमाण्डौं । रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन आग्रह गरे । ‘पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्’–उनले भने ।

रक्षामन्त्री प्रधानले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको जानकारी दिंदै सेनालाई गोली चलाउने अधिकार समेत प्रदान गरिएकाले उच्छुंखल कार्यमा सहभागी नहुन सबैलाई आग्रह गरे । साक्षात्कारमा नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले विकासप्रेमी नेतालाई मतदान गर्न अनुरोध गरे । नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरेका छन् ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्