केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुलुक आर्थिक विकासतर्फ अघि बढ्यो–पूर्वसभामुख नेम्वाङ

सहयात्रा टिभी

इलाम । पूर्व सभामुख एवम् इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् ।

इलाममा मतदान गरेपछि नेम्वाङले भने–‘संविधान कार्यान्वयन गराउने यो चुनाव नेपालीका लागि खुशी र हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतले यो संविधान पूर्ण कार्यान्वयनमा गइरहेको देख्दा सबैभन्दा बढी मलाई खुशी लागिरहेको छ।’ सदरमुकामको बालमन्दिर केन्द्रमा विहान ७ बजे मतदान गरेपछि नेम्बाङले अब मुलुक समृद्धिको बाटोमा लागेको बताए ।

नेम्बाङले निर्वाचनको क्रममा सरकारले शान्ति सुरक्षा अवस्था चुस्त बनाउन नसकेकोप्रति भने गुनासो गरे । नेम्वाङले भने–‘सरकारले अहिलेसम्म पनि कसले बम पड्काइरहेको छ भन्ने पहिचान साथ भन्न सकेको छैन, यो सरकारको कमजोरी हो ।’

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्