केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महदेवामा मतदान शुरु भएन

सहयात्रा टिभी

सप्तरी । सप्तरीको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन । डा. सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहेका छन् र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् ।

त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा छन् । यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको बताइन्छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत प्रदेश नं २ को सप्तरी जिल्लाका बाँकी सबै मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवम् हर्षोल्लासपूर्वक मतदान भइरहेको समाचार छ । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि यहाँ तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताएका छन् ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्