केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बम पड्काएको जिम्मा लियो विप्लव समूहले

सहयात्रा टिभी

काठमाण्डौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिएको छ
उसले आजबाट बम हमला रोकिने जानकारी गराएको छ ।

बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जानकारी गराएको छ । बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेद्वारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा विप्लब समूहले कुनै आत्मालोचना गरेको छैन । विप्लव समूहका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले प्रतिरोध अभियानका क्रममा कतिपय त्यस्ता घटना भएको हुन सक्ने बताएका छन् ।

उनले भने–‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं ।’ उनले वम विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको स्वीकार गरेका छन् । तर, युद्धकालमा माओवादीकै आह्वानमा सेना प्रहरीको जागिर छाडेर जनयुद्धलाई सघाएकाहरुलाई भगौडा भन्न नमिल्ने पुनको तर्क छ ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्