केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोरखा–१ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि

सहयात्रा टिभी

गोरखा । गोरखा–१ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार मत परिणाम अगाडि देखिएका छन् ।

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा–१ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र कांग्रेसका उम्मेद्वार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ । यस्तै गोरखा–१ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याएका छन् भने कांग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याएका छन् । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ ।

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले) का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि छन् भने कांग्रेस नेता राजेन्द्र बजगाइँ २४२६ मत ल्याएका छन् । अहिलेसम्म ६५५० मत गणना भएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई ७,५२० मतका साथ अघि छन् उनलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ ६३०४ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १४ हजार ७७१ मत गणना गरिएको छ । गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याएका छन् भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि छन् । अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ ।

यस्तै गोरखा २ ख प्रदेशसभामा काँग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याएका छन् भने माओवादीका अमर तमु ३,४३३ मत ल्याएका छन् । यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य सुस्तगतिमा अघि बढेको छ । मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्