केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाघको संख्या दोब्बर हुने सम्भावना

सहयात्रा टिभी

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज आदाभारमा बाघ गणना शुरु भएपछि यसको संख्या दोब्बरभन्दा बढी हुने सम्भावना रहेको अधिकारी बताउछन् ।

सन् २०१३ को बाघ गणना अनुसार निकुञ्जभित्र सात वटा बाघ रहेकामा यसको क्षेत्र विस्तार भएपछि बाघको संख्या दोब्बरभन्दा बढी हुने सम्भावना बढेको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । बाघ गणनाको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान पहिचान गरी १६७ ग्रीड स्थापना गरेको छ भने निकुञ्जभित्र बाघ गणनाको लागि तीन सय स्वचालित क्यामरा जडान गरिएको छ । एउटा ग्रीडमा काम गर्न करिब दुई हप्ता लाग्नेछ । सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पु¥याउने लक्ष्यसहित ट्रयापिङ्ग क्यामरा जडान गरी बाघ गणना शुरु गरिएको हो ।

नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यअनुरुप चार वर्षपछि सो गणना शुरु गरिएको हो । बाघ गणनाको लागि पर्सा राष्ट्रिय निकुञ्जमा सातवटा हाथी, निकुञ्जका कर्मचारी, वन कार्यालयका कर्मचारी, वन्यजन्तु प्राविधिक, विज्ञ, नेपाली सेना, मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालन गरिएको छ । विश्वकै दुर्लभ मानिने पाटेबाघ गणना पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु भई यो कार्य बाघ पाइने क्षेत्र चितवन, पर्सा कम्प्लेक्स, बांँके कम्प्लेक्स र शुक्ला लालझारी, जोगबुडा कम्प्लेक्समा विभाजन गरी कूल एक हजार ८८७ ग्रीड बनाएर १२ क्यामरा ट्रयाप प्रयोग गरिएको छ ।

सन् २०१० को गणना अनुसार नेपालमा बाघको संख्या १२० थियो । सन् २०१३ मा १९८ पुगेको छ । नेपालमा बाघको अनुसन्धान र अनुगमन ४५ वर्ष अधिदेखि शुरु भएको हो । पर्सादेखि पश्चिमको कञ्चपुरसम्म रहेका आरक्ष तथा निकुञ्ज बाघका लागि उययुक्त बासस्थान मानिन्छ । पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार पर्सामा सात, बाँकेमा चार, शुक्लाफाँटामा १७, बर्दियामा ५० तथा चितवनमा १५० वटा बाघ रहेका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्