केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शनिबार अधिकारकर्मीको महाभेला

सहयात्रा टिभी

काठमाण्डौं । नवौं मानवअधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाण्डौंमा शुरु हुने भएको छ । यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सहभागिता रहने छ ।

उक्त कार्यक्रमको ‘विकास र समृद्धिको आधार ः महिला र युवाको समान अवसर’ भन्ने नारा तय गरिएको छ । ६९ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर गर्न लागिएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो । तीन दिनसम्म सञ्चालन हुने उक्त भेलाले मानवअधिकार दिवसको सन्दर्भमा हुने प्रभातफेरीमा सहभागिता जनाउने छ ।

मुलुकमा मानवअधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिबीच छलफल हुनेछ । देशमा मानवअधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागीले धारणा राख्ने कार्यक्रम छ । महाभेलाका राष्ट्रिय संयोजक लिली थापाले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेकाले युवा तथा महिलाको अधिकार प्राप्तिमा समस्या देखिएको बताइन् ।

मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानवअधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउनका लागि समेत छलफल गरिने छ । कुपण्डोलस्थित शान्ति, न्याय र लोकतन्त्रका लागि महिला सञ्जालले महाभेलाको सचिवालयका रुपमा कार्य गरिरहेको छ । राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रूपमा महाभेलाको आयोजना गर्दै आएको छ ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्