केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुम्लामा स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामा विजयी

सहयात्रा टिभी

हुम्ला । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा वाम गठबन्धनका वागी उम्मेद्वार छक्कबहादुर लामा विजयी भएका छन् ।
लामा ४७ मतले कांग्रेसलाई पछि पार्दै विजयी भएका हुन् ।

कलम चिन्हमा चुनाव लडेका लामा विजयी भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले पुष्टि गरेका हुन् । लामाले ८४९१ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८४४४ मत ल्याएका छन् ।

यस्तै वाम गठबन्धनका आधिकारिक उम्मेद्वार छिमिदोर्जे लामाले २७ सय मत पाएका छन् । माओवादीले टिकट नदिएपछि एमाले–माओवादीको वाम गठबन्धनबाट उम्मेद्वार बनेका छिमिदोर्जेविरुद्ध छक्क लामाले वागी उम्मेद्वारी दिएका थिए ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्