=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


पर्सा १ (क) बाट अन्सारी र ४ को (क) बाट चौधरी विजयी

सहयात्रा टिभी

पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर–१ को (क) बाट संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार प्रदेशसभा सदस्यमा जनत अन्सारी विजयी भएका छन् ।

अन्सारीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार रामनारायण कुर्मीसँग एक हजार ४३२ मतको अन्तरले विजयी भएका हुन् अन्सारीले आठ हजार ५९३ मत हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुर्मीले सात हजार १६१ मत हासिल गरेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

त्यसैगरी पर्साको निर्वाचन क्षेत्र नं ४ को (क) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेद्वार शंकर चौधरी विजयी भएका छन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारुलाई ४४८ मतको अन्तरले पराजित गरेका हुन् । अबेर राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उम्मेद्वार चौधरीले कूल सात हजार ४८८ मत हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी थारुले सात हजार ४० मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत कर्णले जानकारी दिए । पर्साको निर्वाचन क्षेत्र नं २ को (क) बाट नेपाली कांग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी भएका हुन् । तेलीका निकटतम प्रतिद्वन्द्वी यादवले कूल १० हजार ७९ मत हासिल गरेको निर्वाचन अधिकृत कर्णले बताए ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्