केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुली १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल विजयी

सहयात्रा टिभी

सिन्धुली । सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले) का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र) का गजुरेल विजयी भएका हुन् ।

नेपाली कांग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी भएका हुन् । यस्तै गजुरेल नेपाली कांग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन् । पहाडीले ३२ हजार ५२९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी दाहालले २२ हजार ३८९ मत प्राप्त गरेका छन् । निर्वाचित पहाडी २०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुली क्षेत्र नं १ बाट विजयी भएका थिए ।

यस्तै वाम गठबन्धन, नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले ३१ हजार १७९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थापाले १८ हजार १२७ मत प्राप्त गरेका छन् । सिन्धुलीका दुवै निर्वाचन क्षेत्र प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्नपश्चात् प्रदेशसभातर्फको मतगणना केहीबेरमा शुरु गरिने मुख्य निर्वाचन अधिकृत पुण्डेश्वरप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्