गुल्मीमा वाम गठबन्धन विजयी

सहयात्रा टिभी

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा १ र २ मा वाम गठबन्धन (एमाले) का उम्मेद्वार प्रदीप ज्ञवाली र गोर्कण विष्ट विजयी भएका छन् ।
प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जीत हासिल गरेका हुन् । ज्ञवालीले ३७ हजार ८१४ मत ल्याई विजयी भएका हुन् भने नेपाली कांगे्रसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए ।

यस्तै प्रतिनिधिसभा २ मा विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई पछि पार्दै जीत हासिल गरेका छन् । विष्टले ३४ हजार, ६१८ मत प्राप्तगरी विजयी भएका हुन् भने नेपाली कांगे्रसका चन्द्रबहादुर केसीले २० हजार १५६ मत ल्याएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ र २ प्रतिनिधिसभामा वाम गठबन्धनका एमालेले विजय हासिल गरेको छ । भने ४ प्रदेशसभामा पनि गठबन्धनअन्तर्गत दुई एमाले र दुई माओवादीले विजयी हासिल गरेका छन् ।

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ को (क) प्रदेशमा माओवादीका सुुदर्शन बराल विजयी भएका छन् । बरालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर फौजदारलाई पछि पार्दै जीत हासिल गरेका हुन् । बरालले १७ हजार १९० मतसहित भारी मतले विजयी भए भने उता नेपाली कांगे्रसका पृथ्वीबहादुर फौजदारले १३ हजार २९९ मत मात्र ल्याए । बराल र फौजदारबीचको मतको अन्तर भने चार हजार ६११ मत रहेको छ ।

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ को (ख) प्रदेशमा एमालेका कमल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनेन्द्रबहादुर कार्कीलाई पछि पार्दै जीत हासिल गरेका हुन् । श्रेष्ठले १९ हजार ५९१ मतसहित भारी मतले विजयी भएका हुन् भने नेपाली कांगे्रसका धनेन्द्रबहादुर कार्कीले १६ हजार ३७३ मत ल्याएका छ्न ।

श्रेष्ठ र कार्कीबीचको मतको अन्तर भने तीन हजार २१८ मत रहेको छ । यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को (क) प्रदेशमा एमालेका खड्क केसी विजयी भएका छन् । केसीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिकराम पन्थीलाई पछि पार्दै जीत हासिल गरेका हुन् । केसीले १६ हजार, १६५ मतसहित भारी मतले विजयी भएका हुन् भने नेपाली कांगे्रसका शालिकराम पन्थीले ११ हजार ६७३ मत ल्याएकाछन् । केसी र पन्थीबीचको मतको अन्तर भने चार हजार ४९२ मत रहेको छ ।

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को (ख) प्रदेशमा माओवादीका दिनेश पन्थी विजयी भएका छन् । पन्थीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छन्दबहादुर पहराईलाई पछि पार्दै जीत हासिल गरेका छन् । पन्थीले १७ हजार ६०१ मतसहित विजयी भएका छन् भने नेपाली कांगे्रसका छन्द पहराईले नौ हजार ५६४ मत मात्र ल्याएका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्