धनकुटामा राई विजयी

सहयात्रा टिभी

धनकुटा। एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेद्वार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनिलबहादुर थापालाई पराजित गरेका छन् ।

विजयी राईले ३७ हजार ३३३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताए । जिल्लाको कूल एक लाख पाँच हजार मतमध्ये ६७ हजार ४०३ खसेको मुख्य निर्वाचन आयोगको कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्