केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोल्पामा वाम गठबन्धन विजयी

सहयात्रा टिभी

रोल्पा । रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार वर्षमान पुनले २७ हजार ९०७ मत ल्याई विजयी भएका छन् । पुनका निकटतम प्रतिष्पर्धीका रुपमा रहेका नेपाली कांग्रेसका उम्मेद्वार अमरसिंह पुनले १४ हजार १०३ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा (क) मा नेकपा माओवादीका कुलप्रसाद केसीले १७ हजार ७७६ मत प्राप्त गरी विजयी भएका छन् । केसीका निकटतम प्रतिष्पर्धी रहेका नेपाली कांग्रेसका शेरबहादुर महराले नौ हजार ६९० मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुन मगरले २४ हजार ४९० मत प्राप्त गरी विजयी भएका छन् । पुनका निकटतम प्रतिष्पर्धी रहेका नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले नौ हजार ९६९ मत प्राप्त गरेका छन् । एक लाख २७ हजार ६२९ मतदाता रहेको रोल्पामा ७० हजार ७७६ मत खसेको थियो ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्