कास्की क्षेत्र नं ३ मा विश्वकर्मा र २ मा अधिकारी विजयी

सहयात्रा टिभी

पोखरा । प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ बाट नेकपा (एमाले) का उम्मेद्वार जगतबहादुर सुनार विश्वकर्मा निर्वाचित भएका छन् ।
उनले ३२ हजार ६९० मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत ल्याएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिंदै विश्वकर्माले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र विकास निर्माणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो निर्वाचन क्षेत्रको कूल ८८ हजार ७१७ मतमध्ये निर्वाचनमा ६१ हजार ८९२ मत खसेको थियो । यसैगरी कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेद्वार नेकपा (एमाले) का खगराज अधिकारी ३९ हजार २४२ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार यज्ञबहादुर थापाले २५ हजार ८२६ मत प्राप्त गरेका छन् । अधिकारी पूर्व स्वास्थ्यमन्त्री हुन् भने थापा वर्तमान कानून, न्याय तथा संसदीय मामिला मन्त्री छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्