केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरहा ४ (क) मा साह निर्वाचित

सहयात्रा टिभी

लहान । सिरहा प्रदेशसभा क्षेत्र नं ४ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का दिलीपकुमार साह ११ हजार १२१ मतसहित विजयी भएका छन् ।

गए राति सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेद्वार रामकुमार मण्डललाई एक हजार १३८ मत अन्तरले पराजित गर्दै साह निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेद्वार मण्डलले नौ हजार ९८३ मत मात्र ल्याए । यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी भएका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्