केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कैलाली ५ मा आरजुको हार, एमालेका नारदमुनि विजयी

सहयात्रा टिभी

कैलाली । कैलाली क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेद्वार आरजु देउवा राणा पराजित भएकी छन् । कैलाली ५ मा एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने कांग्रेस उम्मेद्वार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेद्वारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् । प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको उम्मेद्वारीविरुद्ध आलोचना समेत हुँदै आएको थियो ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्