केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसका डा. खड्का विजय

सहयात्रा टिभी

उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका उम्मेद्वार डा. नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । कांग्रेसका डा. खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गरेका हुन् । खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक हाट्रिक गरेका छन् ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा (ख) २ र प्रतिनिधिसभामा कांग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै (क) १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्