केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विमानस्थल निर्माणका लागि रुख हटाउने सम्झौता

सहयात्रा टिभी

काठमाण्डौं । अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि सन्धिखर्क अर्घाखाँचीसँग सम्झौता गरेको छ ।

विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको विभागका इन्जिनियर ध्रुवदास भोछिभोयाले जानकारी दिएका छन् । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पूरानो भगवतीको मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गत वर्ष सशलान्यास गरेका थिए । कूल लागत करीब ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट करीब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिने छ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेता रायमाझीले सो विमानस्थलको निर्माण छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसारका क्रममा व्यक्त गर्दै आएका थिएका थिए ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्