डोटीबाट एमालेका आलेमगर विजयी

सहयात्रा टिभी

डोटी । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेद्वार प्रेम आले मगर विजयी भएका छन् ।
आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार वीरबहादुर बलायरलाई एक हजार ६३२ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

उनले ३२ हजार ५१० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी बलायरले ३० हजार ८७८ मत प्राप्त गरे । दुई प्रदेशसभा रहेको डोटीमा प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन् भने (ख) बाट माओवादी केन्द्रका त्रिलोचन भट्ट विजयी भएका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्