कञ्चनपुर–२ मा धामी विजयी

सहयात्रा टिभी

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेद्वार तथा नेकपा (एमाले) का नरबहादुर धामी विजयी भएका छन् ।

आइतबार राति सम्पन्न मतगणनाअनुसार निर्वाचित उम्मेद्वार धामीले ३३ हजार २२० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेद्वार नारायणप्रकाश साउदलाई पराजित गरेका हुन् । कांग्रेस उम्मेद्वार साउदले २४ हजार ८९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा सदस्यमा वाम गठबन्धनकै उम्मेद्वार महेशदत्त जोशी र लालबहादुर खड्का निर्वाचित भईसकेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्