केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’

सहयात्रा टिभी

बुटवल । रोटरी क्लब अफ बुटवलले स्थापना गरेको दुई लाख राशीको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ ।
अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद दुई लाख राशीसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’ प्रदान गर्न लागिएको क्लबका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।

क्लबको रजत जयन्तीको अवसरमा मंसिर २८ गते बुटवलमा आयोजना गर्न लागिएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर संजय गिरीले उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

क्लबले विभिन्न क्षेत्रका प्रतिभालाई खोजी गरी प्रत्येक दुई÷दुई वर्षमा अवार्ड प्रदान गर्दै आएको क्लबका अध्यक्ष राजेन्द्र लम्सालले जानकारी दिए । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने इन्टरनेट सञ्जाल विस्तार गर्न सफल पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी निरन्तर अनुसन्धानमा लागिरहेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्