केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानमा तीन सय लडाकूद्धारा आत्मसमर्पण

सहयात्रा टिभी

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी सहर बालोचिस्तानमा झण्डै तीन सय तालिबान लडाकूहरुले शनिबार सरकार समक्ष आत्मसमर्पण गरेका छन् ।

प्रतिबन्धित उक्त समूहका १७ जना कमाण्डरले समेत आत्मसमर्पण गरेको पाकिस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो प्रान्तको राजधानी क्वेटामा आयोजित एक समारोहमा ती लडाकूहरुले आत्मसमर्पण गरेको बताइएको छ ।

बालोचिस्तान प्रान्तका मुख्यमन्त्री नवाब सानाउल्लाह खान जेह्रीले प्रान्तभरि कानुनी शासनको अवस्थामा सुधार हँुदै गएको बताएका छन् । यसअघि गत अगष्ट २२ मा पनि प्रतिबन्धित बालोच लिबरेसन आर्मीले सरकारी सुरक्षा निकायसामु आत्मसमर्पण गरेको थियो ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्