केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लम्जुङमा करीब पाँच हजार मत बदर

सहयात्रा टिभी

लम्जुङ । मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करीब पाँच हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी चार हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक लाख १५ हजार ४४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १६४ मत खसेको थियो सोमध्ये दुई हजार ५८५ मत बदर भएको छ । यस्तै ५४ हजार ८९७ मतदाता रहेको प्रदेशसभा ‘क’ मा ३६ हजार ८७१ मत खसेको थियो भने एकहजार ४७४ मत बदर भएको थियो ।

यसैगरी ६० हजार ५५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो भने ८७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धेरै मात्रामा मत बदर हुनुमा जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्ला निर्वाचन कार्यालयको दाबी छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्