केपी ओली प्रचण्ड माधव नेपाल एमाले


होम प्रोडक्सनको ‘क्याप्टेन’ अनमोल केसी

सहयात्रा टिभी

काठमाण्डौं । होम प्रोडक्सनको चलचित्र ‘क्याप्टेन’ मा चर्चित अभिनेता अनमोल केसीले खेल्ने भएका छन् । केसीको ‘कृ’ रिलिज टुङ्गो नलाग्दा उनका फ्यान निरास छन् । ‘वर्षमा एक फिल्म’ फर्मुलाले यो साल साथ दिएन उनलाई । गाजलुपछि गरेको प्रोजेक्ट ‘कृ’ प्रोडक्सनको काम र रिलिज तय गर्नमै अल्झिरह्यो ।

यसैबीच उनको नयाँ फिल्म ‘क्याप्टेन’ बन्ने तय भएको छ । फिल्मलाई अनमोल पिता भुवन केसीले नै निर्माण गर्दैछन् । अनमोल अभिनित फिल्म कृ पनि भुवन केसीले नै निर्माण गरेका हुन् । यस्तोमा अनमोल अझै केही समय होम प्रोडक्सन बाहेक अन्य निर्माण कम्पनीका लागि अनुबन्धित नहुने निश्चित देखिन्छ ।

क्याप्टेनमा अनमोल अभिनेता मात्र नभएर निर्माताको भूमिका पनि निर्वाह गर्दैछन् । फिल्म क्याप्टेन निर्माण कम्पनी सुपर काजल फिल्मसले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गराएको छ । स्पोर्टस् ड्रामामा अनमोल फुटबल खेलाडीको रुपमा देखिने जनाइएको छ । सामिप्यराज तिमिल्सिना र प्रज्ञान थापाको कथामा बन्ने फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्ने जनाइएको छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्