छुट्टाछुट्टै आगलागीबाट २० लाखको क्षति

सहयात्रा टिभी

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा करीब २० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
महदेवा गाउँपालिकामा सोमबार आगलागी हुँदा स्थानीय दिनेश यादव र रघु यादवको एक–एक वटा घर जलेको र आगलागीबाट नगद तथा जिन्सी गरी तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको हनुमाननगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीमा आगलागी हुँदा कपिलदेव राम र इनरदेव रामको घर जलेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करीब तीन लाख मूल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।

त्यस्तै सप्तरी जिल्लाको रुपनी गाउँपालिका–५ स्थित बसबिट्टीमा आगलागी हुँदा रु १४ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । स्थानीय लक्ष्मण यादवको घर छेउमा फालेको खरानीको झिल्कोबाट सल्केको आगोले निजका दुई वटा घर र लत्ताकपडा, भाँडावर्तन, नगद दुई लाख, सुनचाँदीका गरगहना गरी करीब १४ लाख बराबरको क्षति भएको रुपनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्