अर्घाखाँची प्रदेशसभा सदस्यमा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे विजयी

सहयात्रा टिभी

अर्घाखाँची । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका छन् ।

प्रदेशसभा–२ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्