समानुपातिकमा कांग्रेस अगाडि

सहयात्रा टिभी

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली कांग्रेस अगाडि देखिएको छ । गए राति सम्पन्न मतगणना अनुसार जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् ।

प्रत्यक्षतर्फको छवटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा कांग्रेस पहिलो भएको छ भने क्षेत्र नं २ मा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मतसहित कांग्रेस पहिलो, १८ हजार ५१२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ । क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा (क) मा कांग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ । प्रदेश (ख) मा नेपाली कांग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, कांग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ ।
क्षेत्र नं २ को प्रदेश (क) मा एमालेले १२ हजार २२९, कांग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ । यस्तै, प्रदेश (ख) मा कांग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएका छन् ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्