स्याङ्जा-२ बाट एमालेकी अर्याल विजयी

सहयात्रा टिभी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेद्वार पदमा अर्याल विजयी भएकी छन् । नेकपा (एमाले) केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् ।

क्षेत्र नं २ मा कूल ६९ हजार ४८२ मत खसेकोमा वाम गठबन्धनकी विजयी उम्मेद्वार अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठले ३१ हजार ४३६ मत ल्याए । क्षेत्र नं २ मा कूल एक लाख एक हजार ३४९ मतदाता रहेका र जसमा ६७ हजार ६५५ मत सदर तथा एक हजार ८२७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुई प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको स्याङ्जाका दुई प्रतिनिधिसभा र तीनवटा प्रदेशसभामा वाम

गठबन्धन विजयी भएको छ भने एउटा प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि, स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी भईसकेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी निवर्तमान सांसद कांग्रेस नेता राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी विजयी भएका हुन् ।

विजयी उम्मेद्वार मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्दा पराजित उम्मेद्वार थापाले २८ हजार ७३१ मत प्राप्त गरेका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा उनीहरु दुवै प्रतिष्पर्धी थिए । संविधानसभाको निर्वाचनमा पराजय भोगेका मरासिनीले यस पटक थापासँग बदला लिएका छन् । क्षेत्र नं २ को प्रदेश ‘ख’ मा कांग्रेस नेता भगवतप्रकाश मल्लले माओवादी केन्द्रका युवा नेता सूर्यप्रसाद गैह«े (पारस) लाई एक हजार ५४० मतले पराजित गरेका छन् । कांग्रेस नेता मल्लले १९ हजार १७० मत ल्याउँदा वाम गठबन्धनका गैह«ेले १७ हजार ६३० मत प्राप्त गरेका छन् ।

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका मोहन रेग्मी विजयी भएका छन् । नेकपा (एमाले) खेलकुद विभागका केन्द्रीय सदस्य मोहन रेग्मीले १६ हजार ६१३ मत ल्याई विजयी भएका हुन् । वाम गठबन्धनका रेग्मीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु पौडेललाई तीन हजार ४७३ मतले पछाडि पार्दै विजयी भएका हुन् । पराजित पौडेलले १३ हजार १४० मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् । एमाले जिल्ला अध्यक्ष गुरुङले कांग्रेस नेता तुलसी गिरीलाई पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् ।

प्रदेशसभामा विजयी गुरुङले २० हजार २४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका तुलसी गिरीले १४ हजार ५१० मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका दीपक चर्तीमगर विजयी भईसकेका छन् । माओवादी केन्द्रका उम्मेद्वार चर्तीमगरले कांग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई ७२६ मतले पछि पार्दै विजयी भएका हुन् ।

विजयी चर्तीमगरले कुल १७ हजार ३९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल पंगेनीले १४ हजार ६६६ मत प्राप्त गरेका छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिदेखि मात्रै शुरु भएको थियो ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्