म्याग्दीमा १९ करोड लागतमा अस्पताल

सहयात्रा टिभी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा ५० शैंया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करीब १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बाग्लुङले ठेक्कामार्फत काम शुरु गरेको हो ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहने छ । २०७३ मंसिर २१ गते महादेव खिम्ती ज्वाला सफिना जेभीले ठेक्का पाएको सो भवन निर्माण कार्यको मंगलबार बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख रोशन न्यौपानेले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

भूकम्प प्रतिरोधी क्षमताको निर्माणाधीन भवन अपाङ्गमैत्री हुने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो र धेरै लागतको भएको इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिएका छन् ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्