ललितपुर प्याट्रियट्समा विदेशी खेलाडी

सहयात्रा टिभी

काठमाण्डौं । एभरेष्ट प्रिमियर लिग टोली ललितपुर प्याट्रियट्सले टोलीका विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । दिल्लीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नागरसहित दिल्लीकै सुबोध कुमार भाटी र बरोदाका जय किसन अनिल कुमारलाई विदेशी खेलाडीका रुपमा टोलीले अनुबन्ध गरेको छ ।

नागरले दिल्ली डेयरडेवल्सबाट आइपिएल खेलिसकेका छन् । नागरले दिल्ली डेयरडेवल्सबाट आइपिएल खेलिसकेका छन् । ललितपुरले आइपिएल खेलेका एक खेलाडीलाई मात्रै अनुबन्ध गरेको छ । नागरले १८ वटा प्रथम श्रेणीको खेल खेलेका छन् भने २० वटा लिस्ट ए का म्याचहरु खेलेका छन् । भाटीले प्रथम श्रेणीका २ तथा लिस्ट एमा १२ खेल खेलेका छन् ।

दिल्लीको प्रतिनिधित्व गर्दै उनी रणजी ट्रफीलगायतका प्रतियोगिता खेल्ने छन् । टोली मालिक किशोर महर्जनका अनुसार विदेशी खेलाडीहरु १६ डिसेम्बरमा नेपाल आइपुग्ने छन् । उनीहरुलाई ३ सय देखि ५ सय डलरसम्म पारिश्रमिक दिइएको छ । लिग आयोजक इपीएल प्राइभेट लिमिटेडले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी अनिवार्य गरेको थियो । इपीएल पुस ३ गतेदेखि शुरु हुँदैछ ।

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्