=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


कार्टुन क्रूद्वारा चर्चित गीत ‘कहिले भेट्ने खै’ गीतको भिडियो सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रूले ‘कहिले भेट्ने खै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गायक तथा संगीतकार अल्मोडा उप्रतीको यो गीतको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । यसअघि लिरिकल भिडियोलार्इ मात्र युट्युबमा राखिएको थियो । जुन२० लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

अल्मोडा राना उप्रतीले संगित तथा गायका हुन् । टाढा बसिरहेका प्रेमी प्रेमिकाहरुको लागि डेडीकेट गरिएको यो गीतको शब्दहरु स्वयम् अल्मोडा आफैले लेखेका हुन् ।
गीतको भिडियो क्रूको सरोज अधिकारीको निर्देशनका साथै कोरियोाग्राफी रहेको छ । भने लाक्पा डि लामाले सहायक निर्देशन गरेका छन् । भिडियो प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।
भिडियोमा समुहका सदस्यहरू सरोजका साथै रिमा विश्वकर्मा, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र विकास राईको फिचरिङ रहेको छ ।

 

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्