केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानमारविरुद्ध नेपालको शानदार जीत

सहयात्रा टिभी

काठमाण्डौं । नेपालले एसिसि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा म्यानमारलाई ३ सय ३७ रनले हराएको छ । यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल समूहको अन्तिम खेलमा कमजोर प्रतिद्वन्द्वी म्यानमारमाथि नेपालले सहज जीत हात पार्दै समूह विजेता भएको हो । ४ टीम रहेको समूहमा म्यानमारले अहिलेसम्म एउटा पनि खेल नजिति घर फर्किएको छ ।

नेपालले दिएको बिशाल ३५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर खेल्दै मात्र १३ रनमा समेटिएको थियो । म्यानमारको इनिङ ध्वस्त गर्ने क्रममा नेपालका नारायण जोशी र मेघबहादुर सेन थापाले कसिलो बलिङ गरे । जोशीले एकै ओभरमा ४ विकेट लिए भने थापाले एक ओभरमा दुई तथा अर्को ओभरमा दुई विकेट लिए । विशाल विक्रम केशीले थप २ विकेट लिए ।

म्यानमारका ७ खेलाडी शून्य रनमा आउट भएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरको खेलमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको हो । नेपालका लागि कप्तान रित गौतमले नटआउट १ सय ६ र प्रतिश जिसिले नटआउट ६३ रन बनाए । यस्तै तृतराज दाशले ६४ रनको योगदान गरेका थिए ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर १७ रनमा पेभेलियन फर्किएपछि नेपालले ६७ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि विशाल विक्रम केसी र रित गौतमले ६९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पु¥याएका थिए । समूहमा नेपालले लगातार दुई जीत निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्