पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

सहयात्रा टिभी

मोरङ । परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।

आन्दोलित विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीहरुले कार्यालयको झ्यालको शिशा तोडफोड गर्नका साथै क्याम्पस प्रमुख अजयकुमार साहको कुर्सी समेत जलाई दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले हिजो बुधबार लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइर चेज विषयको परीक्षाको प्रश्न पत्र आउट भएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । ४७ विद्यार्थी अध्ययनरत रहेको यस संकाय अन्तर्गत बुधबारको परीक्षा रद्ध गरी पुनः परीक्षा नगराएसम्म आफनो आन्दोलन नरोकिने बिद्यार्थीको अडान छ ।

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्