केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खरबुजा खानुस, क्यान्सरको जोखिम कम गर्छ : खरबुजाका फाईदै फाइदा

सहयात्रा टिभी

काठमाडौं । के तपाइँलाई कब्जियतको समस्या छ ? यदि त्यसो हो भने खरभुजा नियमित खान थाल्नुहोस् । बजारमा सजिलै पाईने खरभुजामा हुने पर्याप्त फाइबर पाईन्छ यसले कब्जियतको समस्या कम गर्न मद्दत गर्दछ ।

साथै खरभुजामा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, क्लोरिन, सोडियम तथा सल्फर पनि प्रसस्त मात्रामा पाइन्छ ।
खरबुजाको नियमित सेवनले उमेरसँगै आँखाको ज्योति घट्ने समस्यालाई पनि कम गर्छ । यस्तो समस्यालाई म्याकुलर डिजेनेरेसन भनिन्छ । खरबुजामा पाइने बिटा क्यारोटिन तत्वले आँखाको ज्योतिलाई घट्नबाट बचाउँदछ ।

नियमित रुपमा खरबुजा खानाले मृगौला स्वस्थ रहन्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्टका साथै विभिन्न खाले भिटामिन पाइन्छ । साथै खरभुजामा पर्याप्त पानी हुन्छ ।

खरवुजाका अन्य फाईदा : 

खरबुजामा एडेनोसिन नामको एन्टीकोगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकामा रगत जम्ने जोखिम कम गर्दछ । यसबाट मुटुरोगको खतरा कम हुन्छ ।

शोध अनुसार खरभुजामा हुने विशेष तत्वले मानिसलाई फोक्सोको क्यान्सरको जोखिम कम गर्दछ ।

खरबुजामा पाइने भिटामिन बी ले सरीरमा उर्जा निर्माणमा सहयोग गर्दछ ।

खरभुजामा कागती मिलाएर खानाले बाथरोगमा लाभ मिल्दछ ।

तपाइँ अक्सर तनावमा रहनुहुन्छ भने गर्मी महिनामा खरबुजा खान नबिर्सनुस् । किनकी खरबुजामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ र यसले रक्तसंचारलाई सन्तुलित बनाउने तथा उच्च रक्तचाप रोक्न मद्दत गर्दछ ।

खरबुजामा पाइने भिटामिन सी तथा बिटा क्यारोटिन पनि रोगप्रतिरोधी क्षमता विकाश गर्न सहयोगी हुन्छ ।

छालामा रुखोपनाको समस्या भएमा नियमित रुपमा खरबुजाको सेवन गर्नु लाभदायी हुन्छ ।

वजन कम गर्नका लागि पनि खरबुजाको नियमति सेवन निकै उपयोगी हुन्छ । यसमा पर्याप्त पानी तथा फाइबर पाइन्छ ।

प्रकाशित : 15 December, 2017

प्रतिक्रिया दिनुहोस्