नेलपोलिस लगाउनुहुन्छ ? नेलपोलिसको असरवारे थाहा पाउनुहोस्

सहयात्रा टिभी

महिलाका लागि सौन्दर्यमा नङको पनि निकै ठूले भूमिका हुन्छ । सर्लक्क, सफा, चम्किलो र मिलेको नङले हातको शोभा नै बढाउछ । आफ्नो ईच्छाबमोजिम नङलाई विभिन्न लुक्समा सजाउन सकिन्छ । त्यसका लागि नेलपोलिस चाहिन्छ । नेलपोलिसको माध्यामबाट नङलाई थप आकर्षक बनाउन सकिन्छ । त्यसैले अहिले महिलाको कस्मेटिक्समा नेलपोलिस छुट्दैन । जता हिँड्दापनि उनीहरु नेलपोलिस बोकेकै हुन्छन् ।

नेलपोलिसले हातको सौन्दर्य त बढाउँछ, तर स्वास्थ्यमा समस्या ल्याउने खतरा पनि उत्तिकै रहन्छ । अर्थात नेलपोलिसको केमिकलले स्वास्थ्यमा हानी पुर्‍याउँछ ।

केमिकलयुक्त नेल पोलिस
भनिन्छ नि ब्राण्डेड कुनैपनि सामानको प्रयोग गर्दा खासै असर गर्दैन । तर नेलपोलिसको हकमा त्यो लागू हुदैन । जबकी धेरैजसो नेल पोलिसलमा शरीरलाई हानी पुर्‍याउन रसायन हुन्छ । यस्ता केमिकल्सकै कारण शरीरमा हर्मोनल गडबडी हुनसक्छ । यस्ता कमिकल्स शरीरबाट सजिलै बाहिर निस्कदैन । बरु यस्ता रसायन नङमा पोलिस लगाएको १० घण्टासम्म पनि रगतमा रहन्छ ।

हर्मोनमा असर गर्छ 

प्रायः नेल पोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थयमा समेत असर पुर्‍याउँछ । विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकोले यसले शरीरलाई धेरै नोक्सान पुर्‍याउने गर्छ ।

मस्तिष्कमा असर
ट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्‍याउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ ।

क्यान्सर गराउने केमिकल्स
नेल पोलिसमा फोर्मा्ल्डिहाई नामक केमिकल्स रहेको हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने हुँदा यो शरीरका लागि निकै हानीकारक छ ।

छाला सम्बन्धि एलर्जी
नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ । जसले दिमाग तथा हातको स्किन दुवैको लागि हानीकारक हुनसक्छ । जसले गर्दा छालामा एलर्जी तथा घाउ समेत हुनसक्छ ।

प्रकाशित : 15 December, 2017

प्रतिक्रिया दिनुहोस्