अव प्रचण्डको नयाँ डेरा खुमलटारमा

सहयात्रा टिभी

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसिरहेको लाजिम्पाटस्थित डेरा छाडेर ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँसराई गरेका छन् । प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सरेका छन् । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् । पुरै सामान सहित सर्न केहि दिन लाग्ने बुझिएको छ ।

लाजिम्पाटमा कम्पाउण्ड र बाटो साँघुरो रहेकोले आवातजावतमा असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।

भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । नयाँबजारमा केही समय प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा पनि बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरे ।

माओवादी पार्टीको विगतको नीतिअनुसार शीर्षनेताहरुले निजी घर खरिद नगर्ने प्रचलन छ ।

प्रकाशित : 16 December, 2017

प्रतिक्रिया दिनुहोस्