सोह्र वर्षमुनिको एसिसी क्रिकेट समेफाइनल : आज नेपाल र मलेसियाविच प्रतिष्पर्धा

काठमाडौं । नेपालले सोह्र वर्षमुनिको एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्दैछ । थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।
यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल पक्का गरेको हो । मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।