ब्लड क्यान्सर पीडित बालिकाको सारथी बन्ने एउटा प्रयास : डा. भोला रिजाल

सहयात्रा टिभी

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले हस्पिटलमा उपचाररत ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । हस्पिटलमा उपचाररत बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ अस्पतालले २ लाख ७ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गराएको हो । ‘सहयोगी हात बढाऔं, जीवन बचाऔं’ भन्दै आर्थिक सहयोग कार्यक्रम मार्फत हस्पिटलमा एक कार्यक्रमको आयोजना गरि अस्पतालका अध्यक्ष डा. भोला रिजाल र हस्पिटलका संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्लले विरामीका बुबा कृष्ण भण्डारीलाई उक्त आर्थिक सहयोग प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. भोला रिजाल, ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्ल, हस्पिटलका प्रबन्ध संचालक बाबु काजी कार्की, चिकित्सकद्धय डाक्टर हरिकिशोर श्रेष्ठ, डाक्टर उज्वल चालिसे, कर्मचारी यूनियनका अध्यक्ष केशव चौलागाई लगायतले सामाजिक उत्तरदायित्व बोध गर्दै ब्लड क्यान्सर पीडित बालिकालाई सहयोग गरिएको बताउनुभयो ।

स्थायी बसोवास कपिलवस्तु नगरपालिका वडा नम्बर ८ भई हाल काठमाडौमा बिरामी बालिका कृष्ण भण्डारी र प्रकृति भण्डारीकी एक मात्र सन्तान हुन् । ९ वर्षीया बिरामी भण्डारीलाई एक वर्ष सम्म नियमित केमोथेरापी चलाइएको र अब हेमाटोपोइटिक स्टिम सेल ट्रान्सप्लानटेशन दिएपछि मात्र उनको उपचार सम्भव रहेको चिकित्सकहरुको भनाई रहेको छ । हस्पिटलले आर्थिक अवस्था न्युन रहेका र हस्पिटलमा उपचार गर्न आउनेहरुलाई यसरीनै आर्थिक सहयोग गर्दै आएको हस्पिटलका अध्यक्ष डा. रिजालले बताउनुभयो ।

प्रकाशित : 16 December, 2017

प्रतिक्रिया दिनुहोस्