यसरी हुन्छ एटिएमबाट पैसा चोरी

सहयात्रा टिभी

विगत केही वर्षयता नेपालमा पनि डेबिट/क्रेडिट कार्डको प्रयोग बढ्दै गइरहेको छ । बढ्दो प्रयोगसँगै यसबाट हुने अपराधिक घटना पनि बढ्दै गइरहेका छन् । केही दिन पहिलेमात्रै विदेशीहरुले समेत नेपालको एटिएमबाट पैसा चोरी गरेको घटना सार्वजानिक भए । सुचना प्रविधिले ग्राहकलाई बैंकिङ्ग कारोबारलाई जसरी सहज बनाईदिएको छ, त्योसँगै सुचना प्रविधिमा निहित जोखिम पनि सँगैसँगै भित्रिएको हुन्छ । अहिले अधिकांश नेपाली बैंकिङ ग्राहकले डेबिट कार्डको प्रयोग गर्ने गरेको हामी पाउँछौं । बचतकर्ताले बैंकमा रहेको आफ्नो पैसा निकाल्नको लागि डेबिट कार्ड प्रयोग गर्ने गर्दछन् । साथै सोही कार्डको प्रयोग गरेर डिपार्टमेन्ट स्टोर ग्रसरी सपहरु लगायतमा सामान समेत खरिद गर्ने गर्दछन् ।

अहिले हामी कहाँ सामान्य खाले प्लाटिकबाट निर्मित डेबिट कार्डको प्रयोग गर्ने गरिन्छ । जसमा अगाडिको भागमा ग्राहकको सम्पूर्ण विवरण राखिएको हुन्छ, भने पछिल्लो भागमा कालो खालको दर्सा हुन्छ, जसमा डेटाहरु राख्ने गरिन्छ । नेपालमा मात्रै नभई विश्वभरी नै एउटै खालको सामान्य एटिएमको प्रयोग हुनुले पनि यसबाट चोरीका घटना बढेको हो । त्यस्तै नेपालमा डेबिट क्रेडिट कार्डको प्रयोगमा पनि वृद्धि भएसँगै एटिएम मेशिनको संख्या पनि वृद्धि हुँदै गएकोले चोरी गर्न थप सहज भएको मान्न सकिन्छ । एकातिर एटिएम मेशिनको संख्यामा ह्वात्तै वृद्धि हुने र अर्कोतिर प्लास्टिकको नर्मल एटिएम कार्ड भएका कारण डुप्लिकेट बनाउन सहजै सकिने हुँदा पनि अपराधीहरुलाई चोरी गर्न सजिलो भएको हो ।

बैंकले अपाउने सुरक्षा नीति, विगत चार वर्षयता केन्द्रिय बैंकले पनि बैंकिय प्रणाली हुने प्रविधिको प्रयोगलाई सुरक्षित र भरपर्दो बनाउन बैंकहरुलाई निर्देशन दिएको छ, भने बैंकहरु पनि आफ्नो सेवा सुविधालाई व्यवस्थित र सुरक्षित बनाउन लागि परेका छन् । यसको फलस्वरुप अहिले चिपबेस कार्ड भित्र्याउने चर्चा पनि चलेको छ । चिपबेस कार्ड पनि अहिलेकै जस्तै प्लास्टिक कार्ड हो । जसमा भित्र सीमभित्र भएको जस्तो चिप प्रयोग गरिएको हुन्छ । सामान्य कार्ड भन्दा चिप बेस कार्डको सजिलै डुप्लिकेट बनाउन नसकिने भएको हुनाले यसबाट चोरीका घटना कम हुने अपेक्षा गरिएको छ । अहिले बैंकहरुले पनि आफ्नो कार्डहरु कसरी सुरक्षित बनाउने र आफ्नो सेवालाई कसरी अपग्रेड गर्ने भन्नेमा नै छन् । अहिले बैंकहरुले कार्डलाई पनि जतिसक्दो छिटो चिपबेस प्रणालीमा लैजाने र एटिएम मेशिन पनि अपग्रेड गर्ने प्रक्रियामा एग्रशिभ भएर लागेका छन् ।

अबको ५/६ महिनामा बैंकहरु पूर्णतया चिपबेसमा आधारित भएर काम गर्न थाल्नेछन् । त्यस्तै हामीले प्रयोग गर्ने कार्ड मात्रै सुरक्षित भएर पुग्दैन् । यसका लागि हामीले प्रयोग गर्ने एटिएम मेशिन पनि सुरक्षित हुनु जरुरी छ । ग्राहकले अपनाउनु पर्ने सुरक्षाका उपाय, बैंकहरुले गर्ने सुरक्षाका उपायका अतिरिक्त ग्राहक आफैंले पनि धेरै हदसम्म सरक्षाका उपाय अपनाउनुपर्ने हुन्छ । ग्राहक आफैं पनि चनाखो हुनुपर्दछ । एटिएम मेशिनमा जाँदै गर्दा आफ्नो वरिपरि कोही छ जसले मेरो पिन नम्बर हेरेको छ कि भन्ने कुरामा पनि ध्यान दिनुपर्दछ । अथवा एटिएम मेशिनमा पनि नयाँ उपकरण जडान भएको छकि रु त्यसमा ग्रहाकहरु सजग हुनुपर्दछ । यदि कुनै नयाँ उपकरण देखिएमा सम्बन्धित बैंकमा वा सेक्युरिटी गार्ड भए गार्डलाई जानकारी गराउनु पर्दछ । त्यस्तै एटिएम मेशिनमा कार्ड छिराइसकेपछि पनि सकेसम्म अरुले पिन नदेख्ने गरी हान्ने बानी बसाउनु पर्दछ ।

कतिपय अवस्थामा आफ्नै हातले छेकेर पनि पिन हान्न सकिन्छ । नेपालमा देखिएको पछिल्लो घटनामा एटिएम मेशिन नजिकै सानो क्यामेरा जडान गरियो त्यसबाट पिन नम्बर चोरी गरियो अर्को उपकरणबाट कार्डमा हुने डेटा पनि चोरियो । त्यसैले ग्राहकले आफ्नो कार्ड अरुलाई दिंदै नदिने, अझ त्यसमा पनि हामीले कार्डसँगै पिन पनिसँगै राख्नै गर्दछौं । यसले गर्दा चोरीका लागि थप सहज हुन्छ । त्यसैले पिन नम्बर कार्ड एकै ठाउँमा नराख्ने अझै पिन नम्बर याद गरिसकेपछि नि नम्बर भएको कागजलाई च्यातेर फ्याँदा नै राम्रो हुन्छ । कार्ड सुरक्षित राख्ने र कार्डको सुचना अरु कसैलाई पनि नदिने । कतिपय अवस्थामा बैंकबाट फोन गरेको भन्दै कार्डको डिटेल हेर्नका लागि भनेर पिन नम्बर पनि माग्न सक्छन् । कतिपय ग्राहकले बैंकबाट फोन आयो भनेर पिन नम्बर पनि दिएको भेटिएको छ ।

त्यसैले कसैलाई पनि अर्थात बैंकको मान्छेलाई पनि पिन नम्बर दिनु हुँदैन् । समय समयमा पिन नम्बर परिवर्तन पनि गर्ने गर्नु पर्दछ । डेबिट/क्रेडिट कार्डमा दुई वटा कुरा एकदमै महत्वपूर्ण हुन्छ । पहिलो भनेको कार्ड आफैं हो भने दोस्रो पिन नम्बर । त्यसैले यी दुवैलाई सुरक्षित राखेमा र सुरक्षित तरिकाले प्रयोग गरेमा धेरै हदसम्म चोरी नियन्त्रण हुन्छ । नेपालमा हुने ग्राहकले आफ्नो खातामा हुने गतिविधि बारे जानकारी राख्नुपर्दछ ।  जसका लागि एसएमएस अलर्ट सुविधा लिन सकिन्छ । त्यस्तै नेपाल भन्दा बाहिर रहेका ग्राहकले इमेल मार्फत आफ्नो एकाउन्टको बारेमा जानकारी लिन सकिन्छ । त्यसैले ग्राहकले एसएमएस, इमेल लगायतका सुविधा लिनु पर्दछ । त्यसैले पहिलो कुरा त बैंक साथै ग्राहकले पनि कार्डको सुरक्षित प्रयोग त गर्नै परयो । त्यसका अतिरिक्त बैंकबाट प्रदान हुने अलर्ट सुविधा पनि लिनु पर्दछ ।

जसले गर्दा आफ्नो खाताको दुरुपयोग भएको छ भने तत्कालै सुचना पाएर बैंकको इमेल वा हन्टिङ नम्बरमा खबर गरी त्यस्तो कार्यलाई रोक्न सकिन्छ । त्यस्तै हामीले प्रयोग गर्ने डेबिट कार्ड सपिङ सेन्टरमा पनि प्रयोग गर्ने भएकोले त्यसमा प्रयोग गर्दा पनि आफूले सपिङ गर्दा भएको खर्चको रकम र कार्डबाट तानिने पैसाको पनि क्रस चेक गर्नुपर्दछ । त्यस्तै चिप बेस प्रविधिको कार्ड प्रयोगमा आईसकेपछि सपिङ गर्दा सपिङ सेन्टरमा राखिएको मेशिनमा नै पिन नम्बर हान्नु पर्ने भएकोले त्यसमा पनि समेत हुनु पर्दछ । ताकि अरुले आफ्नो पिन नम्बर थाहा नपाओस् ।

प्रकाशित : 17 December, 2017

प्रतिक्रिया दिनुहोस्