जहाँ शव जल्नका लागि एकरातभरि छाड्ने परम्परा छ

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंमा नै एउटा त्यस्तो ठांउ भनौ वा मसानघाट छ, जहाँ शवलाई आगो सल्काई मलामी घर फर्कन्छन्। र भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन् । हो यो कथा जस्तो लाग्ने यो चलन कीर्तिपुर ७ स्थित पाँगा क्षेत्रका नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाए पछि एक रातभर त्यहि छाडिन्छ र भोलिपल्टमात्रै
मलामीहरु मसानघाट पुग्छन् ।

पाँगा क्षेत्रका नेवार समुदायमा कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि स्थानीय विष्णुदेवी मन्दिरको घाटमा लैजाने गरिन्छ। घाटमा पुर्‍याएपछि शवलाई चितामा राखि दागबत्ती दिइन्छ। दागबत्ती पछि चितामा आगो सल्काएपछि क्रियापुत्री र मलामी घर फर्कन्छन् । सामान्य हिन्दु संस्कारमा यसरी चितामा आगो सल्काएपछि शव नजलुन्जेल घाटमै बस्ने चलन छ। शव जलिसकेपछि विधिपूर्वक खरानी पखालेर क्रियापुत्रीसहित मलामी घर फर्कने गर्छन्। तर कीतृपुरस्थित पाँगामा भने शवलाई आगो लगाएर घर फर्कने र मलामी र मृतकका आफन्त भोलिपल्ट बिहान मात्र घाट पुग्ने परम्परा रहेको छ ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्