केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालबालिकाका लागि पोषण अभियान शुरु

सहयात्रा टिभी

महोत्तरी । जिल्लामा करीब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ ।

शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहार स्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभर सञ्चालन हुनेछ ।

कुपोषणमुक्त महोत्तरी बनाउनका लागि जिल्लाको हरेक स्थानमा सुनौलो हजार दिनका साथै पोषणसम्बन्धी सचेतनासम्बन्धी जानकारी गृहणीको भान्छा घरसम्ममै पु¥याउने लक्ष्य लिएको अधिकृत झाले बताए । सो अभियानअन्तर्गत जलेश्वर, बर्दिवास, गौशाला, लोहारपट्टी, पिपरा, एकडारा, बलवा, रामगोपालपुरलगायतका ११ स्थानमा पोषण युनिट स्थापना गरिने छ । जिल्लाका हरेक स्थानमा गरी एक हजार ८८८ बच्चामा शीघ्र कुपोषणको समस्या देखिएको छ भने नौ हजार बच्चामा जटिल किसिमको कुपोषण फेला परेको प्रमुख झाले बताएका छन् ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्