त्रिवेणी कप पुस १२ देखि

सहयात्रा टिभी

लम्जुङ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ । तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बेंसीशहरको त्रिवेणी रङ्गशालामा हुने प्रतियोगिताको विजेतालाई नगद तीन लाख, उपविजेतालाई एक लाख ५० हजार पुरस्कार दिइने बताइएको छ ।

यस्तै सेमीफाइनल उपविजेता दुई समूहलाई नगद ५०÷५० हजार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले बताए । यसैगरी अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५÷१५ हजार, अनुशासित टिमलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।

विगत २६ वर्षदेखि त्रिवेणी युवा क्लबले त्रिवेणी प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उपाधि कुखुराको भालेबाट शुरु गरेको क्लबले गत वर्षबाट रजतजयन्ती मनाएसँगै यो क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार राशि बनाएको हो ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्