संक्रामक रोगका कारण नोभेम्बरमा मात्रै दुई हजार व्यक्तिको मृत्यु
सहयात्रा टिभी
चीन । चीनमा संक्रामक रोगका कारण करीब दुई हजार जनाको मृत्यु भएको यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ ।
नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ । मृतकमा प्राय योनजन्य रोगको संक्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ । मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन् ।