केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिपाको रुपमा हरिवंश मख्ख

सहयात्रा टिभी

काठमाडौं – बरिष्ठ हाँस्य जोडी मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पछिल्लो पुस्ताका चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी लगायतसँग मिलेर निर्माण गरिरहेको चलचित्र ‘शत्रु गते’को अहिले उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ ।

आइतबार काठमाडौको चावहिल स्थित समता अस्पतालमा चलचित्रको एक गीत ‘तिम्रो रुपै मोहनी’को छायाँकन गरियो । तामझाम सहित छायाँकन गरिएको गीतमा दीपाश्री निरौला, हरिबंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, आँचल शर्मा, पल शाह लगायतले सट दिए । कबिराज गहतराजको कोरियोग्राफी रहेको गीत छायाँकनमा हरिबंश र दीपाश्रीको नृत्यमा निकै आकर्षक बन्न पुग्यो । छायाँकन स्थलमा गीतको बोल गुनगुनाउदै हरिबंशले दीपासँग नृत्य गर्दा दर्शक पेटमिची हाँस्थे । दीपकराज गिरी, शिवहरी पौडेल, पल शाहलगायतका कलाकारहरुले समेत कम्बर मर्काएको गीत दुई दिन देखी उक्त स्थानमा छायाँकन गरिएको थियो । टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको गीतमा चलचित्रका सबै कलाकार समेटिएको गहतराजले जानकारी दिए ।

प्रदीप भट्टराईको निर्देशन रहेको र आउँदो ९ चैतबाट प्रदर्शनमा आउने चलचित्रको काम अहिले जोडदार गतिमा भइरहेको निर्देशक भट्टराइले बताए । चलचत्रि भित्र पल शाह र आँचल शर्मा, हरिवंश आचार्य र दीपाश्री निरौला ,दीपकराज गिरी र प्रियंका कार्कीको जोडीको रुपमा प्रस्तुत भएका छन् । मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको ‘शत्रु गते’मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

प्रकाशित : 19 December, 2017

प्रतिक्रिया दिनुहोस्